धरान-१२ स्थित पब्लिक हाईस्कुलले एसईई परीक्षामा उत्तीर्ण भएका आफ्ना विद्यार्थीलाई सम्मान गरेकाे छ ।

मंगलबार स्कुलमा आयाेजीत कार्यक्रममा पब्लिकका प्राचार्य डा.ईन्द्रमाेहन झा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराँती लगायतले अबिर र खदा लगाएर सम्मान गरेका थिए । उनीहरुले विद्यार्थीलाई एसईईपछि के कस्ता विषय पढ्न सकिन्छ भन्ने बारे स्कुलका सह-प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी गराएका थिए  ।

IMG_20240702_154807

साे अवसरमा प्राचार्य डा.झाले सामुदायिक तथा संस्थागत विद्यालयबाट ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई कक्षा ११मा सत् प्रतिशत निशुल्क पढाउने जानकारी गराए । 

यसपटक पब्लिकबाट जम्मा १९३मा विद्यार्थीले एसईई परीक्षा दिएकाेमा १५७ जना उत्तीर्ण भएका थिए । त्यसमध्ये १८ जनाले ३.६ जिपिए भन्दा माथि लयाएका छन् । पब्लिकबाट एसईई परीक्षा दिएकी आकृति बराईलीले ३.८६ जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ सुनसरी जिल्ला प्रथम भएकाे विद्यालयले जनाएको छ ।