धरान । धरान–१५ मा सञ्चालन भइरहेको म्युजिक जात्राको समापन बुधबार गरिएको छ ।
मनोरञ्जन र व्यावसायिक प्रवद्र्धनको उद्देश्यले टोल विकास संस्था, स्थानीय पालिकाको सहकार्यमा नेचर क्लबले आयोजना गरेको १० दिने जात्राको धरान उपमहानगरपालिकका उपमेयर आइन्द्रविक्रम बेघाले औपचारिक समापन गरेका छन् ।
जात्राबाट कला, संस्कृतिको प्रचारका साथै व्यापार–व्यवसायको प्रवद्र्धन भएको बताए । समापन कार्यक्रममा दिउँसै गरिए पनि साँझसम्म साङ्गीतिक कार्यक्रम गरी जात्राको मैझारो गरिएको नेचर क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । जात्रामा आयोजकले नाम चलेका विभिन्न कलाकारहरू ल्याएर मनोरञ्जन गराएको थियो । समापन कार्यक्रममा मजदुर नेता भीमज्वाला राई, टोल विकास संस्थाका अध्यक्षहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।