श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २३ गते शुक्रबार, ६ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि २३ः५९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र हस्ता ०८ः०९ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विश्वासपात्रबाट धोका हुनसक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शङ्का गर्ने बानीले पछि परिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पु¥याउलान्। समयमा रकम नजुट्नाले काम रोकिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा अप्ठ्यारो कामसमेत सम्पादन हुनेछ। सोचेको काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ला। सहयोगीहरूले साथ दिन छाड्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम बिग्रनाले मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । कृषिक्षेत्रमा बढी परिश्रम गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार–व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।लामो दूरीको यात्रा हुनेछ ।