श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २३ गते शुक्रबार, ८ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्लपक्षको चतुर्दशी तिथि १३ः४४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तराषाढा १५ः०७ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। धर्म, कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् । दिगो फाइदा हुने काम सुरु हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। आहारविहारमा सजग रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काम गर्नुपरे पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद् र रमाइलो यात्रा हुनेछ । काम बन्नाले उत्साह जाग्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ।       

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन्। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। लाभ हुने काम प्रारम्भ हुनेछ।