श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २४ गते मङ्गलबार, ९ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको द्वितीया तिथि २०ः२५ तिथि बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरभाद्र २१ः०१ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः४६ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ने हुनसक्छ। परिस्थितिले फजुल खर्च बढाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको काममा बाधा हुनसक्छ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष भेटघाटले उत्साह जगाउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेसा–व्यवसायमा साँझतिर मनग्य लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै प्रतिष्ठा कमाउने बेला छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च र चुनौतीको समय रहेको हुँदा व्यावहारमा पनि सजग रहनुपर्ला। सानोतिनो समस्याले अल्झाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। वैदेशिक यात्राको काम बन्नेछ।