धरान । सामसङ नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । 

होम कुकिङलाई प्रोत्साहन दिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको जनाएको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकले सहजीकरण गरे । माइक्रोवेभ प्रविधिबाट घरमै खाना बनाउँदा स्वाद र पोषण कसरी कायम राख्ने भन्ने विषयमा जानकारी गराइएको थियो । 

खाना छिटो तताउनेदेखि बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू सेफ उलकले जानकारी गराए । इनोभेटिभ एड्भान्स्ड टेक्नोलोजी र विशेषज्ञ कलिनरी निर्देशन संयोजनमार्फत् ब्रान्डले परिवारहरूलाई आफ्ना भान्सामा नयाँ परिकारहरू अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।