श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ७ गते सोमबार, २० अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको तृतीया तिथि ०७ः४८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रोहिणी ०२ः२५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः३४ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ज्ञान, कला र व्यक्तित्वमा निखार आउने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो काम सुरु गर्ने समय छ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझतिर खर्च बढ्नाले अभाव देखापर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसा–व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पशुपालन र व्यापारमा फाइदा हुनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय केही सङ्घर्षमय रहने देखिन्छ। तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । यात्रा सफल हुनेछ।