काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि लक्षित ‘पहिलो सिम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित मात्र ५० रुपैयाँमा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन् ।

यस सिमसँगै विद्यार्थीहरूले २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ५० मिनेट टक टाइम तथा २८ दिनका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधाहरू पाउनेछन् । लर्निङका लागि ‘मेरो स्कुल’ प्लेटफर्ममा पाठ्यक्रमअनुसारका भिडियो सामग्रीहरू उपलब्ध हुनेछन् भने ‘जीपीएल’ (गेमिङ प्रिमियर लिग) मार्फत् विभिन्न एचटीएमएल–आधारित खेलहरू खेल्न सकिनेछ ।

त्यस्तै सिम प्रयोगकर्ताले खल्ती डिजिटल वालेट निःशुल्क प्रयोग गर्न पाउनेछन्, जसमा डाटा शुल्क नलाग्ने सुविधा पनि समावेश गरिएको छ । साथै, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५ सय एमबी बोनस डाटा पनि प्रदान गरिनेछ ।

विद्यार्थीहरूले देशभरका एनसेल सेन्टरबाट ‘पहिलो सिम’ सजिलै लिन सक्नेछन् । सिम लिनका लागि एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । आवश्यक प्रक्रिया पूरा भएपछि सिम सक्रिय गरिने कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार यो अफर विद्यार्थीहरूलाई सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै उनीहरूलाई अध्ययन, मनोरञ्जन र आपसी सम्पर्कमा सहज पहुँच दिन लक्षित गरिएको हो ।