ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा परिचित कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित रातामकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि.द्वारा सञ्चालित उक्त शोरुमको औपचारिक उद्घाटन शुक्रबार गरिएको थियो ।

उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारीको उपस्थिति रहेको थियो । तिवारीले रिबन काटेर शोरुम उद्घाटन गर्दै यसले ललितपुर तथा आसपासका ग्राहकलाई विश्वस्तरीय टायल सहजरूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

उनका अनुसार नयाँ शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले डिजाइन, नवप्रवर्तन र आधुनिक टायल समाधान अनुभव गर्न सक्ने ‘एक्स्पिरियन्स सेन्टर’ का रूपमा विकास गरिएको छ । बढ्दो आधुनिक आवास तथा आन्तरिक सजावटको मागलाई ध्यानमा राख्दै कम्पनीले यस्तो अवधारणा अघि सारेको हो ।

शोरुममा सिरेमिक र भिट्रिफाइड टायल्सका विविध डिजाइनहरू उपलब्ध छन्, जसमा आधुनिक फिनिस, आकर्षक बनावट र उच्च टिकाउपनामा जोड दिइएको छ । यी उत्पादनहरू आधुनिक वास्तुकला तथा इन्टेरियर डिजाइनका आवश्यकताअनुसार तयार गरिएको कम्पनीले जनाएको छ ।