इटहरी । सांग्रिला डेभलपमेन्ट बैंक इटहरीद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
Shangrila Development Bank ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत इटहरी २ मा रहेको महेन्द्र मावि स्कुलमा कक्षा ५ ,६ र ७ का विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत करिब ७० थान स्कुल ब्याग वितरण गरेको छ।
बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक,तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै स्कुलका प्रधानाध्यापक मेदनी प्रसाद घिमिरेले बैंकले गरेको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको थियो।
बैंकका शाखा प्रबन्धक शेषराज तिम्सिनाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
स्किल क्याम्पस इटहरीका कार्यकारी प्रमुख प्रज्वल पराजुलीलेनिजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोग प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन्।
सांग्रिला डेभलपमेन्ट बैंक प्रदेश कार्यालय इटहरीका प्रतिनिधि तथा उक्त विद्यालयका शिक्षक योगेन्द्र पौडेल सहितको उपस्थिति रहेको थियो ।




