श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ ३ गते आइतबार, १७ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि १०ः०२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र कृतिका ०२ः५०  बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समस्या दर्शाउँदा सुख–दुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पु¥याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मूल्याङ्कन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।