श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ ४ गते सोमबार, १८ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि ०६ः१६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रोहिणी ११ः५१ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम बन्नाले मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रतिष्ठित काम सम्पादन हुनेछ। नाम र दाम कमाउने बेला छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज  केही काम रोकिए पनि मनग्य आम्दानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ योजनातर्फ केही रकम खर्च हुनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन् गर्नुहोला। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम तत्काल सम्पादन भए पनि धेरै आम्दानीको आशा नराख्नुहोला। व्यवसायबाट लाभ उठाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ।