श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ ७ गते बिहीबार, २१ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि ०८ः४७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पुनर्वशु भोलि ०३ः०६ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पु¥याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धिको उपयोगले धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। दाम र इनाम हातपार्न सफल भइनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रचनात्मक काम प्रारम्भ गर्ने समय छ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखापर्नेछन्।आकस्मिक खर्च बढ्नेछ ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।