धरान । विराटनगरमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितालाई लिएर सट्टेबाजी (जुवा) गरिरहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगरका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र सञ्जय थापा रहेका छन् । उनीहरूले आईपीएलका खेलहरूमा हारजितको बाजी थापेर सट्टेबाजी गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अहिले गहन अनुसन्धान भइरहेको छ । “उनीहरूले सट्टेबाजी खेलेका हुन् वा होइनन् भन्ने विषयमा हामी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ”– एसपी कटुवालले भने । 

पछिल्लो समय आईपीएलको समयमा अवैध सट्टेबाजीका गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ । पक्राउ परेकाहरूमाथि सट्टेबाजी पुष्टि भएमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।