विजयपुर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको टोलीले झापाको भद्रपुर नगरपालिका–३ स्थित भद्रपुर–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय पथरीले मोरङको पथरीशनिश्चरे–४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का २६ वर्षीय रमेश उरावलाई सुनसरीको इनरुवा बसपार्क क्षेत्रबाट ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।