श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ ८ गते शुक्रबार, २२ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि ०६ः४३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्लेषा भोलि ०२ः२३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।हिम्मत गर्दा काम बन्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।मान–सम्मान पाइने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।