श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १० गते आइतबार, २४ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको नवमी तिथि १२ः२२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०३ः०७ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५०बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

यात्रा गर्ने अवसर जुट्न सक्छ।परिस्थितिवश काममा बाधा हुने समय छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। व्यवसायमा आंशिक लाभ हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।कामबाट राम्रै प्रतिफल प्राप्त हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।अध्ययन र लेखनमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।