श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ ११ गते सोमबार, २५ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको नवमी तिथि ०५ः५१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरफाल्गुनी भोलि ०४ः२६ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। लगनशीलताले मात्र न्यून प्रतिफल हातपार्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम थाल्नुअघि योजना सार्वजनिक नगर्नुहोला।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। आलश्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ । अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।