श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १२ गते मङ्गलबार, २६ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको दशमी तिथि ०५ः३१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र हस्ता भोलि ०६ः१४ बजेसम्म, उप्रान्त  चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। सन्तानको सहयोग लाभदायी बन्नेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विशेष काममा जग बसाउने मौका जुट्नेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गलत व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नतिजा कमजोर देखिनाले कुनै काम दोहो¥याउनु पर्ला। नयाँ कामको प्रस्ताव आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ होला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेसा व्यवसायमा पनि लाभ हुनेछ।अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखार आउनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।