श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १३ गते बुधबार, २७ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि ०६ः४२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र हस्ता ०६ः१४ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम बीचैमा रोकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ। दोहो¥याएर प्रयत्न गरेका काम सम्पादन हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ । आज अरूलाई दिने नभई भिœयाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। मान्यजनको साथ सहयोग प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलामा होस नपु¥याउँदा पछि परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।