श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १४ गते बिहीबार, २८ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि ०८ः१७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा ०८ः२५ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ।शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लेखन कलामा पनि निखारता आउनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ।बेलैमा होस नपु¥याउँदा चुनौती झेल्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम रोकिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।