श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १५ गते शुक्रबार, २९ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि ०८ः१७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा ०८ः२५ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला। सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सोखले खर्च भने बढाउन सक्छ। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। मान सम्मानसमेत प्राप्त हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। दिन सामान्य रहला ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। सावधानीले पनि क्षतिबाट जोगाउनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहयोगीहरूले पनि साथ दिनेछन्। केही अवसर प्राप्त भए पनि ईष्र्यालु मन भएकाहरूले सताउन सक्छन्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

ईष्र्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। माया मारेको नतिजा सकारात्मक हुनेछ ।