विजयपुर । सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु, पुँजीगत र वित्तीय व्यवस्थालाई समेटेर समग्र बजेट सार्वजनिक गरेका हुन् । बजेटअनुसार चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।


त्यस्तै, बजेट खर्च धान्न राजस्वबाट १४ खर्ब ५ अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड तथा आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने उल्लेख गरिएको छ ।