श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १७ गते आइतबार, ३१ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि ०२ः३१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अनुराधा ४ः२५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथिहरूका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा, मनोरञ्जन र किनमेलमा खर्च बढ्न सक्छ।हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायबाट मनग्य फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययन सफल हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।