काठमाडौं । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो । मूल्य वृद्धिलाई बजेटको प्रभावको रूपमा लिइएको छ ।


गत शुक्रबार प्रतितोला दुई लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन लाख ११ हजार १ सय रुपैयाँ कायम भएको हो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला चाँदी पाँच हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार ४३० अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, सेतो धातु (चाँदी) प्रतिऔँस ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।