धरान । सुनसरीको धरान–१३ स्थित कृष्ण प्रणामी मन्दिर परिसरमा शनिबार आयोजित निःशुल्क आँखा शिविरमा १ सय २० जना लाभान्वित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको धरान–१३ कमिटीले आयोजना गरेको शिविरमा स्थानीयवासीले सेवा लिएका थिए । मोरङको विराटनगर रानीस्थित आँखा अस्पतालका  डाक्टर र प्राविधिक टोलीले आँखा जाँच गरेका थिए ।

अध्यक्ष वसन्त श्रेष्ठका अनुसार आँखासम्बन्धी समस्याको समयमै पहिचान गरेमा ठूलो समस्या आउनबाट बच्न सकिने बताए । पार्टीका नगर अध्यक्ष सुमन श्रेष्ठले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन यस्ता निःशुल्क कार्यक्रम आवश्यक रहेको बताए ।