श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १९ गते मङ्गलबार, २ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि ०७ः१५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मूल १०ः१८ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । शरीरमा कमजोरी अनुभूति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हड्बडले काम बिग्रनेछ भने धैर्य एवम् मिहिनेतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। सहयोग र उपहारसमेत पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।सुखद् समाचारले उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।