काठमाडौँ । भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करीमा सघाएको आरोपसहितको मुद्दामा महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २६ चैत, २०८२ मा पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

शङ्कास्पद देखिएको मालवस्तुको भौतिकरूपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप थियो ।