श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २० गते बुधबार, ३ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि ०९ः३५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वाषाढा भोलि ०१ः११ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ।अलमलले मुख्य कार्य सम्पादनमा समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कमजोरी अनुभूति हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले नियमित काम सम्पादन गर्न सकिनेछ। सम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रताको बन्धन कसिलो हुनेछ। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।काम बन्नाले उत्साह जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम सुरु हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । द्वन्द्व र मुद्दामा पनि विजय प्राप्त हुने समय छ। छोटो दूरीको यात्रा हुनेछ ।