काठमाडौँ । इनड्राइभले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘रेट मिलाऔँ, मःम खाऔँ’ क्याम्पेन सम्पन्न गरेको छ ।
काठमाडौँको मोलमोलाइ (बार्गेनिङ) संस्कृतिबाट प्रेरित क्याम्पेन बागबजार, जनबहाल, पिम्बहाल र ठमेल क्षेत्रमा सञ्चालन गरिएको थियो । क्याम्पेनमार्फत् यात्रुले आफै भाडा प्रस्ताव गर्न सक्ने इनड्राइभको विशेषताबारे जनचेतना अभिवृद्धि गरिएको कम्पनीले जनाएको छ ।
ह्वील स्पिन, मोलमोलाइ चुनौतीलगायतका अन्तरक्रियात्मक गतिविधिमा करिब २ हजार ४ सय जनाको सहभागिता रहेको थियो । सहभागीहरूले निःशुल्क मःम तथा कम्पनीका ब्रान्डेड उपहारसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले क्याम्पेनले युवा यात्रु र चालकबीच निष्पक्ष मूल्य निर्धारण, पारदर्शिता तथा रोजाइको स्वतन्त्रताबारे सकारात्मक सन्देश प्रवाह गरेको बताइन् ।