श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २१ गते बिहीबार, ४ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि ११ः५५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तराषाढा भोलि ०३ः५३ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समस्या दर्शाएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धर्म–कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सोचेको लाभांश प्राप्त नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ।स्वास्थ्य कमजोर रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सहयोगीहरूको साथ पाइनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। गुमेको रकम फर्काउन सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । भेटघाटले दिन रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। आपसी सद्भाव कायम राख्न सजग रहनुपर्नेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गरिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। नयाँ काम प्रारम्भ हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ।