मोरङ । पायोनियर मोटो कर्प प्रा.लि.ले मोरङको विराटनगरमा ओमोडा र जाइकोका गाडीहरू सार्वजनिक गरेको छ । 

हालै सार्वजनिक भएको ओमोडा ई ५ प्रो. गाडी बुधबार सार्वजनिक गरेको हो । हाल उक्त गाडी नेपालका १५ सयभन्दा बढी युनिट गाडी सडकमा गुडिरहेको जनाइएको छ । यसैको नयाँ भर्सनको रूपमा ओमोडा ई ५ प्रो. सार्वजनिक गरिएको हो । उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहितको विशेषतामा आएको जनाइएको छ । आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधि रहेको जनाइएको छ । 

यो सवारीमा ५०.७ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यसमा १८ इन्च अलोय ह्वीलहरू समवेश रहेको जनाइएको छ । यसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष प्यान्टम विङ टेललाइटहरू समावेश रहेको जनाइएको छ । 

ड्राइभर मसाज सिट, सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश रहेको जनाइएको छ । उक्त गाडीको मूल्य ५१.५९ लाख रुपैयाँ रहेको छ । ड्युल टठोन भेरियन्टमा लागि ५१.९९ लाख रुपैयाँ तोकिएको छ । प्रा.लि.ले पहिलो ५० ग्राहकहरूका लागि ४९.९९ लाखको विशेष मूल्य रहेको छ ।