श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २२ गते शुक्रबार, ५ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि भोलि ०१ः३६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र श्रवण भोलि ०६ः१६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पुराना कामको चर्चा हुनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मानसम्मान दिलाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सानो प्रयत्नले धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ।