श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २४ गते आइतबार, ७ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि ०३ः४३  बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र शतभिषा भोलि ०९ः२५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा प्रशस्त फाइदा हुनेछ। मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
भाग्यले विभिन्न अवसर जुराउनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कामको प्रस्ताव आउनेछ ।स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आलश्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्यले विभिन्न अवसर जुटाउनेछ।रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। कामको चापबाट फुर्सद पाइनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। काममा जग बसाउने मौका छ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।