श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २५ गते सोमबार, ८ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि भोलि ०३ः४२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र शतभिषा ०९ः२५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक प्रभाव बढ्नेछ। पेसाबाट अनुमानभन्दा बढी नै फाइदा उठाउन सकिनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरले पछ्याउनेछन् । काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। परोपकारमा मन जानेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । प्रतिष्ठा कमाउने बेला छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएका काममा नसोचेका समस्या देखिनेछन् । काममा बढी धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।