श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २९ गते शुक्रबार, १२ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि ०७ः५० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनी  ०६ः४० बजेसम्म, उप्रान्त मेष, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिस्थिति अनुकूल बन्नाले छोटो समयमै राम्रो फाइदा उठाउन सकिनेछ। पछिका लागि जग बसाउने समय छ।     

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शुभचिन्तकहरूले हौसला जगाउनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। छोटो समयमा पनि प्रतिफल पाइनेछ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ।