धनकुटा । पूर्वाधार विकास कार्यालय भोजपुरमा कार्यरत एक प्रविधिक माथि भएको कुटपिट घटनाको धनकुटामा निन्दा गरिएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरमा कार्यरत सव–इन्जिनियर आनन्द कुमार साहलाई सडक निर्माण आयोजनाको अनुगमन गर्न जाँदा गएको असार १५ गते सोमवार रामप्रसाद राई गाउँपालिका–७ को छापगाउँ बांसिखोरा सडक खण्डको स्थलगत अनुगमन गर्ने क्रमम स्थानीय कामदारहरूको एक समूहले उनलाई आक्रमण गरेको हो ।

उनी असार १५ गते विहान ९.३० बजे निर्माण स्थल भोजपुर–मानेभञ्ज्याङ्ग–बैकुण्ठे–बासीखोरा–वालाङ्खा–रानीटार सडक अन्तर्गत रामप्रसाद गाउँपालिकाको वडा नं.७ स्थित छापगाउँ पुगेका थिए ।

साहले सडक निर्माणमा गुणस्तर कम भएको भन्दै गुणस्तर कायम गर्न निर्देशन दिँदै गर्दा स्थानीय कामदारहरूको एक समुहले सांघातिक आक्रमण गरि निर्घात कुटपिट गरेको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “घटनापछि पूर्वाधार विकास कार्यालय भोजपुरको वातवरण भयभित बनाएकोप्रति दुःख व्यक्त गर्दै घट्नाको घोर भत्सर्ना गर्दछौँ”–जारी विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने क्रममा फिल्डमा खटिएको राष्ट्रसेवक कर्मचारी माथि यस्तो खाले हिंसात्मक, अमर्यादित् तथा अराजक गतिविधि कुनैपनि दृष्ट्रिकोणबाट स्वीकार्य नहुने र घट्नाले कर्मचारीको काम गर्ने मनोबल गिरेको साथै सुरक्षिति र मर्यादित् कार्य गर्ने बातवरणमाथि गम्भिर चुनौति थपिएभन्दै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।

यस प्रकारको गैरकानूनी तथा अपराधिक घटनामा संलग्न व्यक्तिमाथि तत्काल निष्पक्ष छानविन गरी प्रचलित कानून वमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्वधित् निकाय समक्ष पूर्वाधार विकास कार्यालय भोजपुरल जोडदार माग गरेको छ ।

कुटपिटबाट घाइते शाहाको विराटनगरस्थित् एक अस्पतालमा स्वास्थ्य उपचार भईरहेको कार्यालयले जनाएको छ । त्यसैगरी उक्त घट्नाको पूर्वाधार विकाु कार्यालय धनकुटाले पनि घट्नाको भत्सर्ना गर्दै दोषी उपर कडाभन्दा कडा कार्वाहीको लागि स्थानिय प्रशासनसंग मागगर्दै विज्ञप्ति जारी गरेको त्यहाँ कार्यरत कुलनन्द चौधरीले जानकारी दिएका छन् ।