श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार ३० गते मङ्गलबार, १४ जुलाई २०२६, रौद्रशनाम संवत्सर। आषाढ कृष्णपक्षको औंसी तिथि ०३ः३० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पुनर्वशु भोलि १२ः४५ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतद्विन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। समाजमा स्थापित भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनुहोला। ईष्र्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वादष्टि भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। पछिका लागि जग बसाउने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। नियमविपरीत बलजफ्ती प्रयास गर्दा खर्चमात्र हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। अधिक खर्च बढ्नेछ। व्यवहार चलाउन कर्जामार्फत् धन जुटाउनुपर्ने हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ।