विजयपुर । सुधार नेपाल, धरानले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ सय ५० पिन्ट रगत संकलन भएको छ ।
शुक्रबार धरानमा आयोजित रक्तदान कार्यक्रममा ३ सय ५० पिन्ट रगत संकलन भएको सुधार नेपालका अध्यक्ष निनाचन्द्र राईले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी, सुनसरी शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
अस्पतालहरूमा रगतको अभावका कारण बिरामीको उपचारमा समस्या हुने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै मानव कल्याणका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघासहित विभिन्न संघसंस्थाका पदाधिकारी तथा सदस्यहरूले सहभागिता जनाउँदै रक्तदान गरेका थिए ।