विजयपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको आज स्थलगत अवलोकन गर्ने कार्यक्रम छ। अवलोकनपछि काठमाडौं फर्किएर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।