श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज १ गते बिहीबार, १७ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र शुक्लपक्षको षष्ठी तिथि १०ः२६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा २०ः४३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ।  हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वादविवादले मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिस्पर्धा बढ्नाले काम सम्पन्न गर्न समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राम्रो नतिजा हातपार्न काम दोहो¥याउनु पर्ला। मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बन्नाले जिम्मेवारीसमेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। रकम सञ्चय पनि हुनेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामका लागि बिहानको समय अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनपर्ने भौतिक साधन जोड्ने समय छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईष्र्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। दिगो काम प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ। काम सम्पादन गर्ने मौका दिलाउनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।