मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मटिरको उचाइमा अवस्थति नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हमिपात भएको छ । बहिीबार रातकिो हमिपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् ।

जल्लिा प्रहरी कार्यालय मुस्ताङका सूचना अधकिारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बहिीबारदेखि नरिन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हमिपात भएको हो ।

कोरलानाका क्षेत्रमा हमिपात भएसँगै नकिासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महनिामै हमिपात भएको हो । हमिपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् ।

त्यसैगरी, कोरलानाका क्षेत्रमा हमिपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ भने बस्तीदेखि माथकिा उच्च लेकमा आंशकि हमिपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए । वर्षा र हमिपातसँगै उपल्लो क्षेत्रमा चसिो बढ्न थालेको उनले बताए ।

राष्ट्रयि वपिद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधकिरण, मौसम वज्ञिान वभिाग र मौसम पूर्वानुमान महाशाखाका पूर्वसूचनाअनुसार बहिीबारदेखि लगातार चार दनिसम्म भारी वर्षा र उच्च हमिाली क्षेत्रमा हमिपात हुनसक्ने प्रक्षेपण गरिएको थयिो । मुस्ताङको कोरलानाका क्षेत्रमा हमिपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा नरिन्तर वर्षा भइरहेको जल्लिा प्रहरी कार्यालयले जनाएको छ ।

मौसम प्रतकिूलताका कारण बाढीपहरिो, नदी कटानलगायत कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभरिदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जल्लिा प्रशासन कार्यालयले सूचना प्रकाशति गरी सूचति गरेको छ । सम्भावति वपिद् तथा क्षति न्यूनीकरणका लागि बहिीबार रातदिेखि चार दनिसम्म साँझ ६ः०० देखि बहिान ६ः०० बजेसम्म रातमिा यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जल्लिा अधकिारी एकराज भण्डारीले बताए ।

त्यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालकिाले वर्षाका कारण कालीगण्डकी नदीको सतह बढेर जोखमि सर्जिना हुनसक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घरपझोङ गाउँपालकिाले शुक्रबारदेखि माइकङि गरी तटीय क्षेत्र आसपासका नागरकिलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

यस्तै, वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोले नर्मिति परम्परागत घरहरूमा जोखमि बढेको छ । घरपझोङ–५ ठनिीका स्थानीय सरतिा थकालीका अनुसार पुराना ढुङ्गा र माटोले बनेका घरलाई नरिन्तर वर्षाले समस्या पारेको छ । वर्षाले पुराना घर चुहनिे र भत्कनिे डर भएकाले वर्षाबाट जोगाउन स्थानीयले घरको छत र गारोमा त्रपिाल र प्लास्टकिले ढाकेको उनले बताइन् । रासस