विजयपुर । कोशी ब्यारेजमा पानीको बहाव बढेर २ लाख ६२ हजार २३० क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् ।
कोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पछिल्लो विवरणअनुसार ब्यारेजमा पानीको बहाव उच्च रहेकाले जोखिम बढेको छ । पानीको सतह तथा बहाव निरन्तर बढिरहेकाले कोशी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदी किनारमा अनावश्यक रूपमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।
































