काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० र चाँदीको मूल्य ६० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी चार हजार ४५० मा खरिदबिक्री भएको थियो । रासस