विजयपुर । प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
खोजतलासका क्रममा मोरङबाट १० जना, झापाबाट चार जना, सुनसरीबाट एक जना र ओखलढुङ्गाबाट एक जना गरी १६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरूबाट अदालतले तोकेको ५ वर्ष ३ महिना ११ दिन कैद सजाय तथा ३ लाख ३४ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।
प्रहरीका अनुसार लागूऔषध कारोबार तथा सेवन नियन्त्रण र फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको छ । पक्राउ परेकाहरूविरुद्ध आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।

































