तिलक समारोहमा आगलागी,१३ जनाको मृत्यु
धरान–आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको एक घरमा आगलागि हुदा भारतमा १३ जनाको जलेर मृत्यु भएको छ ।
बिहारको औरंगावाद जिल्लामाको दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको आगलागीमा मृतकको संख्या बढ्न सक्ने बताईएको छ । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गर्दै झण्डै सय जना भन्दा धेरै घाईते भएको जनाएका छन् । घरका मुख्य ढोकाबाट आगलागी भएकाले तिलक समारोहमा रहेका हरु बाहिर निस्कन नपाएको समाचारहरुमा जनाईएको छ ।
आगलागी शुक्रबार दिउँसो तीन बजे लागेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाईएको छ । आगोलागीलानी नियन्त्रणमा लिन बिहारका सरकारी संयन्त्रहरु परिचालन गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































