धरान–फुटवल खेल हेरीरहेका एक बृद्धको खोटाङमा चट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार खोटाङमा बाक्सिला गोल्डकप हेरिरहेका स्थानिय जगतबहादुर राईको मृत्यु भएको खोटाङ प्रहरीले जानकारी दिएको छ ।चट्याङ लागेर १५ जना घाइते भएका छन् । बाक्सिला फुटबल क्लबको आयोजनामा विद्यालयको मैदानमा भइरहेको खेल हेरिरहेको चट्याङले परेको हो । सामान्य वर्षा भइरहेको समयमा विद्यालयको पेटीमा बसेर खेल हेरिरहेका जगतबहादुरलाई चट्याङ लाग्दा घट्नास्थलमै ज्यान गएको बाक्सिला फुटबल क्लवका अध्यक्ष समिर राईले पुष्टि गरेका छन् । प्रहरीका अनुसार चट्याङ लागेर बाक्सिला–७ का मीना सुनुवार, प्रमिला बिश्वकर्मा, चन्द्र बस्नेत, बाक्सिला–६ का रामकुमार राई र दिलकुमार राई गम्भीर घाइते भएका छन् । यस्तै बाक्सिलाका भूमीका राई, बालध्वज श्रेष्ठ, चुनकला सुनुवार, मेनुका बिश्वकर्मा, प्रकाश श्रेष्ठ, जानुका बिश्वकर्मा, बिर्ख तामाङ, एलिना राई, गोपी राई, ै उमेश राई घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।