धरान– नेकपा एमाले विशेष इलाका संगठन कमिटीको वैशाख १७ र १८ गते हुन गइरहेको सातौ अधिवेशनलाई सफल वनाउन प्रचार अभियानलाई तीव्रता दिन थालेको छ । अधिवेशन आउन एक हप्ता वाकी रहदा शनिवार एमालले धरान उपमहानगरपालिको २३ नम्वर वडामा सरसफाई अभियान गरेर अधिवेशन प्रचारको नया शैली शुरु गरेको छ । सरसफाई अभियानको सुनसरी क्षेत्र नम्वर १ का सभासद कृष्ण कुमार राईले धरानको छाताचौकवाट विहान ८ वजे हातमा झाडु लिएर शुरुवात गरेका थिए ।अन्य वडाहरुमा पनि एमाले नेता तथा कार्यकर्ता भेला भएर टोल सरसफाई गरे । भित्तेलेखन, पर्चा पम्प्लेड र तुल ब्यानरको प्रयोग अन्त्य गर्दै एमालेले शनिबार धरानबजार सरसफाई गरेर नमुनाको कामको शरुवात गरेको नेकपा एमाले धरानका अध्यक्ष तारा शुव्वाले वताए । धरानलाई सफा र स्वच्छ वनाउने एमालेको अभियानमा जुट्न सम्प्ुर्ण नगरवासीलाई शुव्वाले आग्रह गरे । नेकपा ९एमाले० जिल्ला सचिबालय सदस्य तथा धरान बिषेश इलाका संगठन कमिटीका इन्चार्ज प्रदिप भण्डारीले पार्टीले आगामी दिनमा समेत सरसफाई अभियानलाई निरन्तरता दिएर अघि वढ्ने वताए । प्रत्येक वडामा पार्टीका नेताहरुले अगुवाइमा अभियान भएको थियो । एमाले सुनसरी क्षेत्र नं १ का अध्यक्ष इन्द्रबहादुर राईले धरान १५मा सरसफाई अभियानको नेतृत्व गरेका थिए भने धरान १७ मा एमाले जिल्ला उपाध्यक्ष रमेशकुमार बस्नेतले नेतृत्व गरेका थिए । धरान वडा नम्वर ६ सरसफाई अभियकानको नेतृत्व भने वडा सचिव ज्ञानेन्द्र वस्नेतले गरेका थिए ।एमालेको जिल्ला सदस्य पदम लिम्ब तथा नगर उपाध्यक्ष नारायण सुबेदीले धरान १६को अभियानको नेतृत्व गरे भने धरान १४ को नेतृत्वपनि संसद कृष्णकुमार राईले गरेका थिए ।एमाले धरानले अधिबेशनको प्रचारकै अभियानमा स्वास्थ्य शिबिरपनि गर्नै भएको छ । हामीले धरान –१५को त्रिबेणि चौकमा स्वास्थ्य परिक्षण शिबिरपनि गर्ने तयारी गरेका छौ एमाले प्रचार बिभाग संयोजक शेरबहादुर परियारले भने मैत्रिपुर्ण खेलकुद र जनचेतनामुलक पर्चाहरुपनि बितरण गर्ने तयारी भएको छ ।शुक्रबार नै एमाले धरानको अधिबेशनको प्रचार गर्दै युवा सघं नेपालले रोड क्वीजपनि सम्पन्न गरेको युवा सघं धरानका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । रोड क्वीजमा १ सय ५० जनालाई पुरस्कार बितरण गरिएको उनले जनाए ।नेकपा एमाले धरानको सातौ अधिवेशन धरानमा आगामी वैशाख १७ र १८ गते हुने भएको छ । अधिवेशनको उद्घाटन सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक कमिटीले जनाएको छ । अधिवेशन उद्घाटनको भाली पल्ट अर्थात वैशाख १८ गते भने वन्द शत्रद्धारा नया कमिटी निर्माण गरिने जनाइएको छ ।