धरान/झापाको बैगुनधुरामा ०५३ साउन २९ गते जन्मिएकी नितिशा खड्का पेशाले नर्सिङ अध्यनरत विध्यार्थी हुन् । मिस पूर्वेली २०१६मा सहभागि नितिशा बिजेता त बन्न सकिनन् तर प्रतियोगितामा सहभागी मोडेल मध्ये सर्वाधिक रुचाईएकी थिईन् । भोटिङ राउण्डमा सर्वाधिक रुचाईएकी खड्काले सबैभन्दा बढि मत पाएर मिस पपुलरको उपाधि हात पारेकी थिईन् । समाजसेवामा रुचि भएको बताउने खड्का अध्ययन पछि नर्सिङ सँगसँगै मोडलिङ पनि गर्ने बताउँछिन् । नृत्य र अभिनयको औपचारिक ज्ञान नलिएपनि सानैबाट आफै टेलिभिजन र फिल्महरु हेरेर सिक्ने गरेको उल्लेख गर्ने खड्काले अवसर पाएको खण्डमा आफू त्यसका लागि सक्षम रहेको जिकिर गर्छिन।
उनि भन्छिन, ‘हरेक मान्छेले गर्भमै सिकेको हुन्न , त्यसका लागि निरन्तर कोसिस गर्ने हो जुन मैले गरिराख्या छु ु मोडलिङ र कलाकारिता क्षेत्रमा देखिएका र सुनिएका विकृतिबारे आफू जानकार रहेको बताउँदै खड्काले भनिन्, ‘हरेक कुरा आफुमा भर पर्ने हो , आफू भलो त जगत भलो’ विकृति र फोहोर छ भन्दैमा टाढा राख्ने हैन नजिकमा रहेर सफा गर्ने हो’ उनले मोडलिङको क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा विकृति व्याप्त रहेको दाबी गरिन् ।
राजनितिमा प्रत्यक्ष सहभागी नभएपनि आफू जानकार रहेको बताउने खड्काले नेताहरुलाई ईमान्दार र जनपक्षीय हुन सुझाव समेत दिएकी छन् । राष्ट्रपति विध्या भण्डारी , सभामुख ओनसरी घर्ति र प्रधानन्याधीश सुशीला कार्की नेपाली महिलाका लागि प्रेरणाका स्रोत रहेको बताउँदै उनले भविष्यमा आफू पनि आफ्नो क्षेत्रमा स्थापित बनेर उदाहरणीय बन्ने चाहना रहेको उल्लेख गरिन् ।