धरान /सुनसरीको भरोैल– ३ टेकाने टोल बस्ने ७३ बर्षिय टलकमाया राईको आईतबार विहान रुखबाट घाँस झार्दै गर्दा लडेर मृत्यु भएको छ । करिव ४० फिट भन्दा अग्लो कुसुमको रुखबाट खसेर बिहान ९ बजे घटना स्थलमै निधन भएको प्रहरीले जनाएको छ । घर नजिकैइको जङ्गलमा उनी घाँस काट्न गएकि थिईन । उनको सव पोष्टमाट्मको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्थानिय चन्द्रकला पुरीले जानकारी दिईन ।
रुखबाट खसेर महिलाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































